आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

साढे ४ वर्षभित्र सिलिगुडी-चारआली र अमलेखन्ज-लोथर पेट्रोलियम पाइप लाइनको काम सक्ने भारतसँग सहमति

साढे ४ वर्षभित्र सिलिगुडी-चारआली र अमलेखन्ज-लोथर पेट्रोलियम पाइप लाइनको काम सक्ने भारतसँग सहमति

  • मिडिया डबली
  • मंगलवार, पौष २ २०८१

  • 708
    SHARES

  • साढे ४ वर्षभित्र सिलिगुडी-चारआली र अमलेखन्ज-लोथर पेट्रोलियम पाइप लाइनको काम सक्ने भारतसँग सहमति

    काठमाडौं-सिलिगुडी-चारआली र अमलेखन्ज-लोथर पेट्रोलियम पाइप लाइन आगामी ५४ महिनामा सक्ने गरी नेपाल आयाल निगम र इन्डियन आयल कर्पोरेसनबीच सहमति भएको छ।

    निगम र कर्पोरेसनको ‘स्टेरिङ कमिटी’ बैठकमा सहमति भएको हो। मंगलबार सोल्टी होटलमा सुरु भएको बैठकले प्राविधिक तथ्यांक एकापसमा आदानप्रदान गरी तोकिएकै समयभित्रै काम सक्ने सहमति भएको हो। 

    दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतसँग १५ अर्बका दुई वटा पाइपलाइन र एउटा स्मार्ट ग्रीनफिल्ड टर्मिनल बनाउने सम्झौता भइसकेको छ। यी परियोजना भारतले अनुदानमै बनाइदिने गरी सम्झौता यसअघि नै भसकेको छ। भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बनाइदिने जनाएको छ । झापाकै चारआलीमा १८,९०० किलोलिटर क्षमताको स्माट ग्रीनफिल्ड टर्मिनल पनि बनाइदिने सम्झौता भएको छ । झापामा निगमको करिब २३ बिघा जग्गा छ । पाइपलाइन बनेसँगै त्यहाँ पेट्रोल र डिजेल भण्डारण गरिनेछ ।

     

    त्यस्तै, नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि बनाउने सम्झौता भएको छ। अमलेखगन्जबाट चितवनको लोथरसम्म बन्ने पाइपलाइन पनि भारतले अनुदानमै बनाइदिने छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २ २०८१०८:०३:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend