आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अदालतले ४ दिन म्याद थप गरेपछि लामिछानेले भने 'म विरुद्ध मिडिया ट्रायल बन्द होस श्रीमान !'

अदालतले ४ दिन म्याद थप गरेपछि लामिछानेले भने 'म विरुद्ध मिडिया ट्रायल बन्द होस श्रीमान !'

  • मिडिया डबली
  • मंगलवार, पौष २ २०८१

  • 786
    SHARES

  • अदालतले ४ दिन म्याद थप गरेपछि लामिछानेले भने  'म विरुद्ध मिडिया ट्रायल बन्द होस श्रीमान !'

    पोखरा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेको ६० दिन पूरा भएको छ। पाँच जिल्लाका सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा कात्तिक २ गतेदेखि लामिछाने प्रहरी हिरासतमा छन। 

    अदालतले ४ दिन म्याद थप गरेपछि लामिछाने दबाबमा देखिएका छन्। लामिछानेले अदालतमा आफु विरुद्ध मिडिया ट्रायल भइरहेको भन्दै न्यायाधीश समक्षा गुनासो समेत गरेका थिए।

    गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवम् रविका साझेदार पूर्वडीआईजी छविलाल जोशीलाई पनि मंगलबारसहित नवौँ पटक कास्की जिल्ला अदालतमा पेश गरिएको छ।

    असोज ६ गते पक्राउ परेका जोशीलाई मंगलबार नवौँ पटक अदालतबाट म्याद थप गरिएको छ। उनी पक्राउ परेको आगामी आइतबार ९० दिन पूरा हुन्छ। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेलबासेको इजलासले रवि, छवि, लीला पछाई, रामबहादुर खनाल र अस्पतालमा रहेका कृष्णबहादुर गुरुङको हकमा पनि चार दिन म्याद थपेको छ।

    रविलाई आठौँ र छविलाललाई नवौँ पटक म्याद दिएको अदालतले जिल्ला सरकारी वकिलको कार्यालयलाई ९० दिनभित्रै मुद्दाको फाइल ल्याउन पनि भनेको छ ।

    यस्तोमा अब जिल्ला सरकारी वकिलको कार्यालयले छवि समातिएको ९० औँ दिन अर्थात् आइतबारसम्म अदालतमा मुद्दा लगिसक्नुपर्ने कानुनी बाध्यता छ ।

    संगठित अपराधको मुद्दामा कानुनत: ९० दिनभन्दा बढी थुनामा राख्न पाइँदैन । त्यहीकारण सरकारी वकिलको कार्यालयले यही आइतबारसम्म मुद्दा अदालतमा लाने तयारी गरेको छ।

    मंगलबार अन्तिम पटक म्याद थप्न अदालतमा लैजाने क्रममा वादी र प्रतिवादीका वकिलहरूले इजलासमा बहस गरे । त्यसक्रममा सरकारी वकिलहरूले संगठित रुपमा अपराध गरिएकाले अभियोगपत्र दायर गर्ने काम अघि बढेकाले प्रतिवादीहरू भाग्न सक्ने आशंकासहित म्याद थप हुनुपर्ने माग गरेका थिए ।

    सरकारी वकिल र रवि लामिछानेका निजी कानुन व्यवसायीहरूले इजलासमा आफ्ना तर्क राखेपछि न्यायाधीश बेलबासेले म्याद थपको निर्णय सुनाएका थिए ।

    इजलासमा सरकारी वकिलहरूले हिजोमात्रै रायसहितको प्रतिवेदन प्रहरीले बुझाएकाले अध्ययन र विश्लेषण गर्न समय चाहिने जिकिर गरेका थिए । उता रवि र छविका निजी कानुन व्यवसायीहरूले भने अनुसन्धान सकिएर प्रहरीले प्रतिवेदन बुझाइसकेकाले अब थुनिरहनु उचित नहुने जिकिर गरेका थिए ।

    पाँच जिल्लामा अनुन्धान र बयान गराउनु परेकाले अहिलेसम्म हिरासतमा राखिनुलाई कानुनी रुपमा उचित मान्न सकिने तर अब पनि थुनिरहनुलाई अनुचित भन्न सकिने उनीहरूको तर्क छ ।

    चितवन प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भनेर नेतादेखि सामाजिक सञ्जालका प्रयोगकर्ताको पनि संवेदना तान्न सफल रविले कास्कीमा भने आफूविरुद्ध मिडिया ट्रायल भएको गुनासो इजालसमा गरेका थिए।
    उनले आफूलाई र श्रीमतीलाईसमेत थाहा नभएको सम्पत्तिबारेको समाचार लेखाएर प्रहरीले मिडिया ट्रायल गराइरहेको गुनासो न्यायाधीश बेलबासेसामु गरे ।

    ‘अनुसन्धानका विषय र प्रतिवेदनका नाममा विभिन्न सञ्चारमाध्यमले मविरुद्ध अफवाह फैल्याइरहेका छन। मेरो र मेरी श्रीमतीको नाममा रहेको सम्पत्ति मलाई पनि थाहा छैन । तर जथाभावी यति करोड र उति करोड छ भन्दै समाचार आइरहेका छन्। यो अनुसन्धान र अभियोजन हुन्जेललाई मिडिया ट्रायल बन्द गरिपाऊँ श्रीमान्’, रविले भनेका थिए।

    रविले आफूविरुद्ध मिडिया ट्रायल भएको गुनासो राखेपछि न्यायाधीश बेलबासेले लामो जवाफ दिएनन्। न्यायाधीशले इजलासबाट लिखित आदेश त जारी गरेनन् तर पनि प्रहरीलाई मौखिक रुपमा अफवाहपूर्ण समाचारबारे ध्यान दिन र नियन्त्रण गर्न ध्यानाकर्षण गराएको बताइएको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष २ २०८१०७:४३:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend