काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी दिनमा हुने सबै किसिमका चुनाव एक्लै लड्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिह्नका उम्मेदवारहरू एक्लै लड्ने निष्कर्ष निकालेको हो।
बैठकले पार्टीलाई जनतासँग जोड्न जनसंघर्ष अभियान चलाउने निर्णय पनि गरेको छ। स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ।
सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताएका छन् ।
बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ । पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ । कार्यविभाजनका सन्दर्भमा आएका सुझावलाई अध्ययन गरि दुई दिनपछि टुंग्याउने खतिवडाले बताए ।
खतिवडाले वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउन छलफल भइरहेको बताएका छन्। यसमा गौतम पनि सकारात्मक रहेको खतिवडाले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।