आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनसँग ब्यापारघाटा कम गर्ने रणनीतिमा नेपाल, राँगा भैँसीको मासु निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

चीनसँग ब्यापारघाटा कम गर्ने रणनीतिमा नेपाल, राँगा भैँसीको मासु निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

  • मिडिया डबली
  • सोमवार, पौष १ २०८१

  • 822
    SHARES

  • चीनसँग ब्यापारघाटा कम गर्ने रणनीतिमा नेपाल, राँगा भैँसीको मासु निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

    काठमाडौं- नेपालले चीनसँगको ब्यापारघाटा कम गर्ने रणनीतिमा अगाडी बढेको छ। नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै ब्यापारघाटा कम हुने अपेक्षा लिएको हो। नेपालको हिमालय फुड इन्टरनेसनल र चीनको सांघाई फुड कम्पनी लिमिटेडबीच मासु निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

    २०६८ सालमा स्थापित हिमालयन फुड इन्टरनेसनलले विभिन्न मुलुकमा प्रशोधित मासु निर्यात गर्दै आइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

    चीनको भन्सार सामान्य प्रशासन (जीएसीसी) ले मासुसहित १८ खाद्य वस्तु आयातसम्बन्धी नीतिनियम छ। जीएसीसीले मासु आयातका लागि भैँसी रोगमुक्त हुनुपर्ने, खाद्य, स्वच्छतासहित नेपाली हावापानीमा उत्पादन हुनुपर्ने, ३० महिनामुनिको भैँसी हुनुपर्ने, ‘बध’ गर्दा सरकारले तोकेको मापदण्ड पालना गरेको हुनुपर्नेलगायत नियम बनाएको छ ।

    अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियम पालना गरी नेपालले मासु निर्यात गर्नुपर्नेछ।मासु निर्यात गर्न मधेश प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लालाई भैँसीको मासुका लागि पकेट क्षेत्र निर्धारण गरेको छ।

    मन्त्रालयले त्यस क्षेत्रमा मासुका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न पूर्वाधार विकास गर्ने तथा केही उद्यमीलाई भैँसीपालनको अनुमति प्रदान गरेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १ २०८११०:१०:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend