आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भाटभटनी सञ्चालक मीनबहादुरले दान गरेको जग्गामा पार्टी कार्यालय बनाउन एमालेलाई खुल्यो बाटो

भाटभटनी सञ्चालक मीनबहादुरले दान गरेको जग्गामा पार्टी कार्यालय बनाउन एमालेलाई खुल्यो बाटो

  • मिडिया डबली
  • सोमवार, पौष १ २०८१

  • 591
    SHARES

  • भाटभटनी सञ्चालक मीनबहादुरले दान गरेको जग्गामा पार्टी कार्यालय बनाउन एमालेलाई खुल्यो बाटो

    काठमाडौं-एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दान गरेको जग्गा र त्यसमा निर्माण हुने भवनविरुद्ध रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। 
    सर्वोच्च अदालतका न्यायाधीशद्धय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले गुरुङको जग्गा र भवन दानविरुद्धको रिट खारेज गरेको हो। 
    अदालतको निर्णयसँगै नेकपा एमालेलाई केन्द्रिय कार्यालय निर्माणका लागि बाटो खुलेको हो। 

    गत असोज २५ मा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका दम्पतीले संयुक्त रूपमा उक्त भवन निर्माणको शिलान्यास गरेका थिए । उक्त भवन १ वर्षभित्र निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने गुरुङले प्रतिबद्धता जनाएका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १ २०८१०९:४७:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend