आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पिएल सिंहको शोकमा कांग्रेसले ३ दिनसम्म आधा झण्डा झुकाउने

पिएल सिंहको शोकमा कांग्रेसले ३ दिनसम्म आधा झण्डा झुकाउने

  • मिडिया डबली
  • सोमवार, पौष १ २०८१

  • 534
    SHARES

  • पिएल सिंहको शोकमा कांग्रेसले ३ दिनसम्म आधा झण्डा झुकाउने

    काठमाडौं-नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री प्रेमलाल सिंह (पिएल)को निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। सोमबार बसेको पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सिंहको निधनप्रति शोक व्यक्त गरेको हो।

    नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, मन्त्री तथा काठमाडौं नगरपालिकाका पूर्व नगरप्रमुख ८८ वर्षीय सिंहको काठमाडौंको चाक्सीबारीमा सोमबार बिहान १ बजे निधन भएको थियो।
    सिंह लामो समयदेखि नेपाली कांग्रेसका सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको निकट रहेर काम गरेका थिए। 

    नेपालको प्रजातान्त्रिक आन्दोलनहरूमा संलग्न रहँदा सिंहले पटक–पटक जेल जीवन व्यतित गर्नुका साथै भारतमा निर्वासित जीवन समेत व्यतित गरेका थिए। 

    प्रजातन्त्र पुनर्स्थापनापछिको २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सिंह काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भएका थिए । स्व.सिंहकै पहलमा विक्रम संवत् २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । विक्रम संवत् २०५६ मा सिंह नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य भएका थिए ।

     कांग्रेसले पौष ३ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    २०८१ पौष २ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने र  १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने कांग्रेसले निर्णय गरेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १ २०८१०९:३१:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend