आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्ने उर्जा मन्त्री खड्काको योजना

नेपालमा लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्ने उर्जा मन्त्री खड्काको योजना

  • मिडिया डबली
  • सोमवार, पौष १ २०८१

  • 717
    SHARES

  • नेपालमा लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्ने उर्जा मन्त्री खड्काको योजना

    काठमाडौं-उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागेको जानकारी दिएका छन्। नेपालको विद्युत आपुर्ति प्रणालीलाई सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावट विद्युत आयात गर्न योजना मन्त्री खड्काले अगाडी सारेका हुन। 

    ‘सुख्यायाममा साढे ६ सय मेगावट विद्युत् खरिद गर्ने निर्णय भएको छ। पुसदेखि लागू गर्दैछौं,’ उनले भनेका छन्। गत वर्षको बाढीले जलविद्युत् आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको उनले बताए ।

     सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तिव्रता दिएको भन्दै विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा गम्भीर रहेको पनि बताए ।

    ‘गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भयो। क्षति भएका आयोजनाहरूको निर्माणमा तिव्रता दिएका छौं। विद्युत् माग र आपूर्तिको विषयमा सरकारले हिसाब गरेको छ। गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले भारतबाट विद्युत आयात गर्न लागिएको हो’, उनले बताए।

    भारत नै विद्युत अपुग हुने भएपनि सकेसम्म नेपालमा लोडसेडिङ नहुने कार्यतालिका मिलाउने गरी भारतीय पक्षसँग छलफल भइरहेको मन्त्री खड्काले बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १ २०८१०८:२९:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend