काठमाडौं-मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको छ। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको छ ।
नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन । यस्तै सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।
पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो। पाकिस्तानका कोमल खानले ३८ रन बनाइन।
पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । नेपालले भोलि भारतसँग खेल्ने छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।