काठमाडौं- नेपाल पत्रकार महासंघ अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । आइतबार राति महासंघ केन्द्रीय निर्वाचन समितिले शर्मा अध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो ।
प्रेस युनियन र प्रेस चौतारी नेपालको गठवन्धनबाट अध्यक्ष बनेकी शर्माले ४२८२ मत ल्याएकी छन्। उनको निकटम प्रतिद्धन्दी रमेश विष्टले ३२०३ मत प्राप्त गरेका छन्।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य विजयी हुँदा महिनामा निनु पण्डित, समावेशी उपाध्यक्षमा उमिद प्रसाद बागचन विजयी भएका छन्।
यस्तै महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्। उनले आफ्नो निकटम प्रतिद्धन्दी लेखनाथ न्यौपानेलाई ठुलो मतअन्तरले पराजित गरेका छन्। दाहालले ४ हजार ८४ मत प्राप्त गर्दा न्यौपानेले १ हजार ९२९ मत पाएका छन्।
यस्तै खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदिवासी जनजाति सचिवमा सविन प्रियासन, मधेसी सचिवमा अशोक कुमार तिवारी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसियटमा वैकुण्ठराज पराजुली विजयी भएङ्का छन्।
कोषपाध्यक्षमा रामकृष्ण अधिकारी विजयी भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।