काठमाडौं- नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित भएर आइतबार स्वदेश फर्किएका छन् ।
मङ्सिर २६ गतेदेखि ४ दिने भारत भ्रमणमा गएका उनलाई त्यहाँस्थित राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।
त्यसक्रममा प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
उनी भारतका स्थल सेनाध्यक्ष जनरल द्विवेदीको औपचारिक निमन्त्रणमा भारत गएका थिए । उनले भ्रमणका क्रममा भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा पनि भाग लिए ।
प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरे ।
उनी भारतका स्थल सेनाध्यक्ष जनरल द्विवेदीको औपचारिक निमन्त्रणमा भारत गएका थिए । उनले भ्रमणका क्रममा भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा पनि भाग लिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।