वासिङ्गटन- नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि अमेरिकी जाँच एजेन्सी फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का निर्देशक क्रिस्टोफर रेले पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपति ट्रम्पले आफु निर्वाचित भएपछि रेलाई पदबाट हटाउने बताउँदै आएका थिए। बुधबार राजीनामा घोषणा गर्दै रेले कयौं हप्तासम्म सोच विचार गरेर पदबाट हट्ने निर्णय गरेको बताएका छन्।
ट्रम्पले यसअघि नै आफ्ना विश्वासपात्र काश पटेललाई एफबीआईको नेतृत्वका लागि नाम घोषणा गरिसकेका छन् । काश पटेलले ‘नाटकीय रूपम’ एफबीआईको शक्तिलाई सीमित गर्ने कुरा गरेका छन् ।
क्रिस्टोफर रेलाई ट्रम्पले नै आफ्नो पछिल्लो कार्यकालका क्रममा सन् २०१७ मा नियुक्त गर्दै सन २०२७ सम्मलाई ट्रम्पले एफबीआई प्रमुख बनाएका थिए ।
तर ट्रम्पले दोस्रो पटक राष्ट्रपति चुनाव हारेपछि एफबीआईले ट्रम्पविरुद्ध अनुसन्धान थालेपछि ट्रम्प रेसँग रुष्ट थिए। यसका लागि उनले रिपब्लिकन्सको तर्फबाट आलोचना झेल्नु परेको थियो ।
यसबीच क्रिस्टोफर रेको राजीनामाको निर्णयबारेमा डोनाल्ड ट्रम्पले अमेरिकाकै लागि ठूलो दिन भनेका छन् । ट्रम्पले एक्समा भनेका छन्, ‘क्रिस्टोफर रेको राजीनामा अमेरिकाका लागि एक ठूलो दिन हो । यसले अमेरिकाको न्याय विभागलाई हथियारसरह प्रयोग गर्ने काम बन्द हुनेछ । अब हामी सबै अमेरिकी जनताको कानुनको शासन फेरि लागु गर्नेछौँ ।’
ट्रम्पले क्रिस्टोफर रे को नेतृत्वमा आफ्नो घरमा एफबीआईले अवैध रुपमा आफ्नो घरमा छापा मारेको र आफ्नो शक्तिको प्रयोग गरेर बेकसुर अमेरिकीलाई तर्साउने र समाप्त पार्ने काम गरेको पनि ट्रम्पले बताए ।
अब ट्रम्पले काश पटेललाई एफबीआई प्रमुख बनाउँदैछन् । ‘एफबीआईको इतिहासमा काश पटेल सबैभन्दा योग्य व्यक्ति हुन् । एजेन्सीलाई अब उनले हाँक्नेछन् । उनी कानुन व्यवस्था लागु गर्न प्रतिबद्ध छन्’, उनले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।