काठमाडौं-नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अनुसन्धानको क्रममा सरकारले कुनै पनि प्रतिशोधपुर्ण व्यवहार नगरेको बताएका छन्।
कातिक १ गते सहकारी रकम अपचलनको आरोपमा प्रहरीले लामिछानेलाई प्रकाउ गरेर अनुसन्धान गरिरहेको छ। लामिछाने पक्राउ परेपछि लामिछानेमाथि सरकारले प्रतिसोध साँधेको रास्वपाका नेताहरुले आरोप लगाउँदै आएका छन्।
आइतबार चितवनमा परकारको जवाफमा लामिछानेमाथि कानुन बमोजिम अनुसन्धान भइरहेको र सरकारले स्वच्छारी ढंगले कुनै पनि काम नगरेको बताएका छन्।
'अनुसन्धान कानुनभन्दा बाहिर गएको छैन। अदालतबाट प्रहरीले म्याद माग गरेको छ।अदालतले कानुन बमोजिम म्याद दिएको छ', गृहमन्त्री लेखकले भनेका छन्।
कानुन बमोमजिम भएको अनुसन्धान प्रतिशोधपुर्ण नहुने जिकिर मन्त्री लेखकले गरेका छन्। मंसिर २० मा प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा सार्नेक्रममा राज्यले उनीमाथि अमानवीय व्यवहार गरेको रास्वपाले आरोप लगाउँदै आएको छ। जसको खण्डन गृहमन्त्री लेखकले गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।