आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डलाई माधवले धोका दिने खतरा,महासचिव भुसालको प्रतिवेदनले एकिकृत समाजवादीमा तरंग

प्रचण्डलाई माधवले धोका दिने खतरा,महासचिव भुसालको प्रतिवेदनले एकिकृत समाजवादीमा तरंग

  • मिडिया डबली
  • आइतवार, मंसिर ३० २०८१

  • 1.8K
    SHARES

  • प्रचण्डलाई माधवले धोका दिने खतरा,महासचिव भुसालको प्रतिवेदनले एकिकृत समाजवादीमा तरंग

    काठमाडौं-एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिने देखिएको छ। 

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आआफ्नो टिममा छलफल गरी एकता संयोजन समिति बनाउने निधो गरेका गरेपनि महासचिव घनश्याम भुसालले स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यावहारिक रूपमा सम्भव नहुने उल्लेख गरेपछि दुई दलबीचको एकता असम्भव देखिएको छ। 

    माओवादी केन्द्रसँग एकता गर्न नहुने रायसहित महासचिव भुसालले पेस गरेको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरूको समर्थन जनाएपछि माधव नेपालले प्रचण्डलाई धोका दिने देखिएको हो।
    शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकमा बोल्ने नेताहरूले पनि पार्टी बलियो नभएसम्म माओवादीसँग एकतामा जान नहुने धारणा राखेका थिए। एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले कांग्रेस, एमाले र माओवादीसँग सहकार्य गर्दै आयौं तर राष्ट्रिय पार्टी बन्न सकेन, अब आफ्नो खुट्टामा उभिएर अघि जानुपर्छ भनेपछि पार्टी एकता तत्कालका लागि टर्ने देखिएको छ। 
    महासचिव घनश्याम भुसालले स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा वाम एकता व्यावहारिक रूपमा सम्भव नभएको उल्लेख छ।

    ‘सैद्धान्तिक रूपमा वाम एकता आजको आवश्यकता हो तर व्यावहारिक रूपमा अहिले त्यो सम्भव छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘आन्दोलनबाट पार्टी निर्माण गर्ने हाम्रो पहलकदमीले नै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेछ। आन्दोलनको उद्देश्य, माग र स्वरूपमा समानता हुने व्यक्ति, समूह र पार्टी एक ठाउँमा उभिने अवस्था आउँछ र वाम तथा कम्युनिस्ट एकताको प्रक्रिया अगाडि बढ्छ।’

    महासचिव भुसालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा माथि टाउकामा मात्र एकता गरे असफल हुने जनाउँदै एमाले–माओवादी एकताको उदाहरण समेत दिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ३० २०८१०८:१५:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend