आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानको सिन्ध प्रान्तमा पानीको चरम अभाव

पाकिस्तानको सिन्ध प्रान्तमा पानीको चरम अभाव

  • मिडिया डबली
  • सोमवार, मंसिर १७ २०८१

  • 1.4K
    SHARES

  • पाकिस्तानको सिन्ध प्रान्तमा पानीको चरम अभाव

    काठमाडौं – पाकिस्तानको सिन्ध प्रान्तमा पानीको चरम अभाव देखिएको छ । दक्षिणी सिन्ध प्रान्तका खडेरी परेको क्षेत्रमा पानीको अभाव देखिएको हो ।

    सिन्ध प्रान्त भएर सिन्धु नदी बग्ने भएपनि राज्यको उदासिनता र जलस्रोतको असन्तुलित विनियोजनका कारण खडेरी परेका स्थानमा पानीको अभाव देखिएको हो ।

    खामा प्रेसका अनुसार पानीको अभावका कारण सिन्धका स्थानीय बासिन्दा र मुख्यगरी किसान सबैभन्दा धेरै पीडित भएका छन् । सिन्धु नदी प्रणाली प्राधिकरणको तथ्यांक अनुसार सन् १९९९ देखि २०२३ सम्म सिन्ध प्रान्तमा ४० प्रतिशत पानीको अभाव देखिएको छ ।

    उता पञ्जाब प्रान्तमा भने पानीको अभाव केबल १५ प्रतिशत छ । सिन्धु नदीको पानी विनियोजनमा समानता ल्याउन सन् १९९१ मा जल बाँडफाँट सम्झौता भएको थियो । तर, उक्त सम्झौता कुनै क्षेत्रलाई धेरै र कुनै क्षेत्रलाई थोरै पानी उपलब्ध गराउने साधनमा परिणत भएको आलोचकहरु बताउँछन् ।

    हाल सरकारले पञ्जाब प्रान्तको चोलिस्तान क्षेत्रको १२ लाख एकड जमिनमा सिँचाइ गर्न ६ वटा नयाँ नहर निर्माण गर्ने योजना अघि सारेको छ ।

    यसो भएमा सिन्ध प्रान्तका १ करोड २० लाख एकडभन्दा धेरै जमिन पानीको पहुँचबाट बञ्चित हुने सिन्ध चेम्बर अफ एग्रिकल्चरका प्रतिनिधि नबी बक्स सथियो बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १७ २०८१०१:१८:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend