आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

  • मिडिया डबली
  • सोमवार, मंसिर १७ २०८१

  • 1.3K
    SHARES

  • कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

    कुवेत– कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

    दूतावासको टोली उद्धार उडान नभएसम्म मैदानमै रहेको विज्ञप्तिमा उल्लेख छ । सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा ‘म्यानचेस्टरका लागि गल्फ एयरको उडान अन्ततः सोमबार बिहान ४ः३४ बजे भारतीय यात्रुहरूसहित प्रस्थान गरेको जनाइएको छ ।’

    प्राविधिक समस्याका कारण गल्फ एयरको उडानलाई कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएपछि आइतबार भारतीय यात्रु १३ घण्टाभन्दा बढी समय कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा फसेका थिए ।

    मुम्बईबाट म्यानचेस्टरका लागि गल्फ एयरको उडानमा यात्रा गरिरहेका यात्रुहरूले लामो पर्खाइको समयमा खाना, आवास वा आधारभूत सहायता नपाएको गुनासो गरेका छन् ।

    यद्यपि, भारतीय दूतावासले ‘लाउन्ज’मा फसेका यात्रुहरूका लागि खाना र पानी उपलब्ध गराएको जनाएको छ भने दूतावासका अधिकारीहरूले यात्रुहरूलाई दुईवटा विमानस्थलको लाउन्जमा राखिएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १७ २०८१०१:१४:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend