आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा निर्मित पिनाका क्षेप्यास्त्र किन्न भियतनामको चासो

भारतमा निर्मित पिनाका क्षेप्यास्त्र किन्न भियतनामको चासो

  • मिडिया डबली
  • सोमवार, मंसिर १७ २०८१

  • 1.1K
    SHARES

  • भारतमा निर्मित पिनाका क्षेप्यास्त्र किन्न भियतनामको चासो

    काठमाडौं – भियतनामले भारतीय पिनाका क्षेप्यास्त्र खरिदमा चासो देखाएको छ ।

    भियतनामी सेनामा तैनाथ रहेका बीएम २१ र बीएम १४ क्षेप्यास्त्र पुरानो हुँदै गइरहेको अवस्थामा त्यसलाई प्रतिस्थापन गर्न भियतनामले पिनाका क्षेप्यास्त्र खरिदमा चासो देखाएको हो ।

    यसबारे भारतीय र भियतनामी अधिकारीबीच वार्ता भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुबै मुलुकले हतियार खरिदबिक्री सम्झौतालाई महत्व दिएको भएपनि यो वार्ता अझै प्रारम्भीक चरणमै रहेको जनाइएको छ ।

    यो वार्ता सकारात्मक दिशामा अघि बढेको खण्डमा केही महिनामा नै दुई मुलुकबीच रक्षा सम्झौता हुनसक्ने सम्भावना रहेको रक्षा पोर्टल डिफेन्स इण्डियाले जनाएको छ । भारतको रक्षा शोध तथा विकास संस्था डिआरडीओले विकास गरेको पिनाका क्षेप्यास्त्र प्रणालीमा सोभियत संघमा विकसित बीएम क्षेप्यास्त्रभन्दा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

    पिनाका क्षेप्यास्त्रमा निश्चित लक्ष्यमा सटिक मार हान्नसक्ने क्षमता रहेको छ । आधुनिक युद्धकार्यमा यस्तो क्षमतालाई निकै महत्वपूर्ण मानिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १७ २०८१०१:११:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend