काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याइन्।
नेकपा माओवादी केन्द्रका नारायण विष्टले ३८१ मत ल्याए भने एमालेका बद्री बुढाथोकीले ४६० मत पाए। २०७९ को चुनावमा यहाँ स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए।
यसपालि स्वतन्त्रबाट उनकी श्रीमती खड्का उम्मेदवार बनेकी थिइन्। कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन् भने कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।