काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले भेट गरेका छन् ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ओलीसँग द्विवेदीले भेट गरेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जनरल द्विवेदीले रक्षामन्त्री मानवीर राईसँग पनि शिष्टाचार भेटघाट गरेका छन् ।
भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले शुक्रबार बिहान माउण्टेन फ्लाईटमार्फत विभिन्न हिमालहरूको अवलोकन पनि गरेका छन् । तत्पश्चात् द्विवेदीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गरेका छन् ।
सो अवसरमा द्विवेदीलाई कलेजका विविध गतिविधिहरूबारे जानकारी गराइनुका साथै कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरेको विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।