आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्री ओलीलाई देउवाले ऋण लिने गरी चीनमा हस्ताक्षर नगर्नु भन्नु भएको छ: निधि

प्रधानमन्त्री ओलीलाई देउवाले ऋण लिने गरी चीनमा हस्ताक्षर नगर्नु भन्नु भएको छ: निधि

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ७ २०८१

  • 720
    SHARES

  • प्रधानमन्त्री ओलीलाई देउवाले ऋण लिने गरी चीनमा हस्ताक्षर नगर्नु भन्नु भएको छ: निधि

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रियस्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन्।

    जनकपुरमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रतिनिधि सभा सांसदसमेत रहेका निधिले हतारमा सम्झौता गरेर पछुताउनुभन्दा विस्तृत रूपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्ने बताएका हुन्।

    ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा के गर्छ भन्ने विषय चासोका साथ हेरिएको उनले बताए। ‘बिआरआई चिनियाँ पोलिसी हो, त्योअन्तर्गत हाम्रो स्ट्याण्ड चर्चाको विषय छ। प्रधानमन्त्री ओलीको भ्रमणको विषयमा के-के कुरा सही गर्ने? के-के कुरा सम्झौता गर्ने भन्ने विषयमा। नेपाली कांग्रेसको सुरूदेखि नै आधिकारिक विषय के छ भने चीनबाट हामीले बिआरआई प्रोजेक्टअन्तर्गत लिने कुनैपनि विकासका कुराहरूमा अनुदान मात्रै लिन्छौं। लोनमा हामी जाँदैनौँ, मुल विषय त्यही हो,’ उनले भने।

    उनले सभापति शेरबहादुर देउवाले चीन जाँदा ऋणमा हस्ताक्षर नगर्न भनेको पनि उनले बताए। ‘हाम्रो तर्फबाट शेरबहादुरजीले र पार्टीले प्रधानमन्त्रीज्यूलाई भनिसक्नुभएको छ- चीन जाँदाखेरी अनुदान बाहेक लोनमा सही नगर्ने भनेर। बिआरआई प्रोजेक्टको बारेमा हाम्रो धारणा के हो भने यसको बारेमा व्यापक, विस्तृत छलफल हुनुपर्छ, राष्ट्रियस्तरमा छलफल हुनुपर्छ। त्यतिमात्रै होइन, म त अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छु। बिआरआई प्रोजेक्ट नेपालको हितमा छ की छैन? बिआरआई पोलिसीअन्तर्गत केके विषय हो, त्यसको बारेमा व्यापक छलफल हुनुपर्छ,’ निधिले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर ७ २०८१०१:३८:२४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend