आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज काठमाडौँका ३ स्थानमा प्रदर्शन हुने भएपछि खटाइयो ५ हजार प्रहरी र ५ सय ट्राफिक

आज काठमाडौँका ३ स्थानमा प्रदर्शन हुने भएपछि खटाइयो ५ हजार प्रहरी र ५ सय ट्राफिक

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ७ २०८१

  • 879
    SHARES

  • आज काठमाडौँका ३ स्थानमा प्रदर्शन हुने भएपछि खटाइयो ५ हजार प्रहरी र ५ सय ट्राफिक

    काठमाडौँका तीन स्थानमा विभिन्न समूहले प्रदर्शन गर्दै छन्। माइतीघरमा केही दिनदेखि नै सहकारी पीडितहरूले प्रदर्शन गरिरहेका छन् भने आज सत्ताधारी नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले पनि काठमाडौँका फरक-फरक स्थानमा प्रदर्शन गर्ने भएका हुन्।

    एमालेले दरबारमार्गमा जागरण सभा गर्दै छ। जसअन्तर्गत उसले भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा सभा गर्नेछ। यस्तै हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले पनि कोटेश्वरमा प्रदर्शन गर्दै छ।

    यसरी आज एकैदिन तीन ठाउँमा प्रदर्शन हुने भएपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौँको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुने भएकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन आज ५ हजारभन्दा बढी प्रहरी खटाइएको जानकारी दिए।

    त्यस्तै ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्नाका लागि ५ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी पनि उनले दिए।

    ‘आज काठमाडौँका तीन स्थानमा फरक फरक समूहले प्रदर्शन गर्ने जानकारी पाइएकाले हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘मुख्य समस्या ट्राफिकको हो, त्यसैले आज हामीले ५ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएका छौँ। त्यसैगरी आम नागरिकको जनजीवनमा कुनै अप्ठेरो नपरोस् भनेर ५ हजारभन्दा बढी प्रहरी परिचालन गरेका छौँ।’

    सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर ७ २०८११०:५७:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend