आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान (तस्बिर)

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान (तस्बिर)

  • मिडिया डबली
  • शुक्रवार, मंसिर ७ २०८१

  • 486
    SHARES

  • राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान (तस्बिर)

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाण–पत्र प्रदान गरेका हुन् ।

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति रहेको थियो । नेपाल–भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप दशकौँदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    दर्ज्यानी चिन्ह प्रदान कार्यक्रम पश्चात् राष्ट्रपतिसँग भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले शिष्टाचार भेटघाट समेत गरेका छन् । भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले शुक्रबार बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्प गुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

    द्विवेदीलाई जङ्गी अड्डामा सम्मान गारत अर्पण गरिएको विज्ञप्तिमा उल्लेख छ । द्विवेदीले जङ्गी अड्डा प्राङ्गणमा वृक्षारोपण समेत गरेका छन् । प्रधान सेनापति सिग्देल र जनरल द्विवेदीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई देशका सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा एकअर्का देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिने सम्बन्धमा समेत छलफल भएको थियो ।

    भारतीय सेना पत्नी कल्याण संघकी अध्यक्ष श्रीमती सुनिता द्विवेदी र सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलबीच भद्रकालीस्थित संघको कार्यालयमा भेटघाट भएको छ । भेटमा श्रीमती द्विवेदीलाई सैनिक श्रीमती संघले सञ्चालन गरेका विविध कल्याणकारी गतिविधिहरूका बारेमा जानकारी गराइएको थियो ।

    प्रधान सेनापति सिग्देलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको सम्मानमा शुक्रबार साँझ जङ्गी अड्डामा रात्रिभोजको आयोजना कार्यक्रम भएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर ७ २०८१०८:०८:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend