आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्व सभामुख ढुङ्गानाको निधनमा सरकारले गर्‍यो यी निर्णयहरू

पूर्व सभामुख ढुङ्गानाको निधनमा सरकारले गर्‍यो यी निर्णयहरू

  • मिडिया डबली
  • सोमवार, मंसिर ३ २०८१

  • 1.7K
    SHARES

  • पूर्व सभामुख ढुङ्गानाको निधनमा सरकारले गर्‍यो यी निर्णयहरू

    काठमाडौँ । सरकारले पूर्व सभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्व सभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

    उनकाअनुसार सरकारले आज पूर्व सभामुख ढुङ्गानाको निधनमा शोक मनाउन मङ्सिर ३ गते सार्वजनिक बिदा दिने र नेपालका सरकारी कार्यालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    उनले भने, ‘प्रतिनिधि सभाका पूर्व सभामुख श्री दमननाथ ढुंगानाजीको ८३ वर्षको उमेरमा हिजो अपराह्न असामयिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।

    यस दुःखद घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार गहिरो समवेदना व्यक्त गर्दछ । नेपालको संसदीय प्रणालीलाई व्यवस्थित गर्नको लागि उनले सभामुखको भूमिकामा रहेर निभाउनुभएको कामको उच्च कदर गर्दै स्व.ढुङ्गानाको निष्ठा र भावनालाई सबैले आत्मसाथ गर्नु नै उनप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ ।

    प्रतिनिधि सभाका पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्तिम सम्मान २०६६ चैत्र ४ को नेपाल राजपत्रमा प्रकाशित अन्तिम सम्मान सम्बन्धित खण्ड कको क्रमसङ्ख्या ४ क बमोजिम अन्तिम संस्कार गर्ने व्यवस्था मिलाउने ।

    राजकीय सम्मानअनुसार अन्त्येष्टि हुन्छ । उनको निधनमा शोक मनाउन वि.सं. २०८१ साल मङ्सिर ३ गते सार्वजनिक बिदा दिने । नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने ।’

    पूर्व सभामुख ढुङ्गानाको मङ्सिर २ गते आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । पूर्व सभामुख ढुङ्गानाको निधनमा सरकारले शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर ३ २०८१११:३८:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend