आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सोह्र लाख किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

सोह्र लाख किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

  • मिडिया डबली
  • बुधवार, कार्तिक २८ २०८१

  • 906
    SHARES

  • सोह्र लाख किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।

    मंगलबार मन्त्रीस्तरीय निर्णय भएपछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियान अन्तर्गत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ ।

    यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए । हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गैरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

    किशोरीहरुलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए । हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौँ, मन्त्री पौडेलले भने, किशोरावस्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका हौँ ।

    मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका छन् । जसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन् ।

    आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए । मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए ।

    साथै, मन्त्रीका रुपमा उनले गरेको पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीतिले पनि सानै उमेरदेखि नै क्यान्सरबाट जोगाउन खोप दिने विषय समेटेको छ । सोहीअनुरुप मन्त्री पौडेलले किशोरीलक्षित निर्णय गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    मन्त्री पौडेलले विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा जर्मनीमासमेत विश्व स्वास्थ्य संगठनका महानिर्देशकलगायत अधिकारीहरुसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए । भ्याक्सिनसम्बन्धी विश्व सञ्जाल गाभीलेसमेत मन्त्रालयलाई साथ दिने निर्णय गरिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक २८ २०८१०३:२०:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend