आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ

निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ

  • मिडिया डबली
  • बुधवार, कार्तिक २८ २०८१

  • 765
    SHARES

  • निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ

    काठमाडौं- कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा टेलिभिजन अन्तर्वार्तामा सनसनीपूर्ण कुरा बोलेका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पटक पटक विवादमा आइरहने प्रस्तोता ऋषि धमलासँग प्राइमटाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अर्यालले विवादित अभिव्यक्ति दिएपछि बुधबार नियन्त्रणमा लिएको हो।

    उनलाई मंगलबार पनि सोधपुछ गरेर हाजिर जमानीमा छाडिएको थियो । सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएका ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको छ ।

    सीआईबीका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले तीनैजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पुष्टि गरेका छन् ।

    ‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झूट हुन्’, उनले भने, ‘उक्त विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौं ।’

    आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले कञ्चनपुरमा पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झूटो विवरणसहितको अन्तर्वार्तामा अर्यालले दिएको प्रहरी उपरीक्षक बोगटीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक २८ २०८१०३:१८:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend