आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बक्यौता नतिर्ने उद्योगीको १५ दिनपछि फेरि लाइन काट्ने कुलमानको भनाइ

बक्यौता नतिर्ने उद्योगीको १५ दिनपछि फेरि लाइन काट्ने कुलमानको भनाइ

  • मिडिया डबली
  • बुधवार, कार्तिक २८ २०८१

  • 1.1K
    SHARES

  • बक्यौता नतिर्ने उद्योगीको १५ दिनपछि फेरि लाइन काट्ने कुलमानको भनाइ

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा उद्योगीहरुप्रति फेरि कठोर हुने बताएका छन् ।

    पत्रकार सम्मेलन गरेर उनले अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरणले फेरि लाइन काट्ने बताएका छन् ।

    सरकारले बक्यौता नतिरेर लाइन काटिएका उद्योगीको लाइन फेरि जोडेपछि उनले स्पष्ट पार्दै भनेका छन्, ‘हामीले गरेको बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने हामी आफ्नो प्रक्रियामा फेरि लाग्नेछौँ ।’

    यसपालि केपी शर्मा ओली नेतृत्वको सरकारले पनि १५ दिनभित्र बक्यौता असुल उपर गर्न निर्देशन दिइसकेको बताउँदै घिसिङले बक्यौता नउठे नेपाल सरकार र ऊर्जा मन्त्रालय पनि बक्यौता उठाउन अघि बढ्नेमा आशावादी भएको बताए ।

    उनले दीर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्नेमा जोड दिँर्दै कहिले लाइन काट्ने र कहिले जोड्ने गर्नु उपयुक्त नभएको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक २८ २०८१०३:१३:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend