काठमाडौं – नेशनल जियोग्राफिकले भारतको कश्मीरमा रहेको सुरु उपत्यकालाई सन् २०२५ मा घुम्नैपर्ने गन्तव्यको सूचीमा राखेको छ ।
जियोग्राफिकले सुरु उपत्यकामा रहेका अद्भूत भूबनोट, जीवन्त सँस्कृति र आनन्ददायी वातावरणले पर्यटक लोभ्याउने उल्लेख गरेको छ । सुरु उपत्यकामा हिमाली हिमश्रृङ्खलाको अद्भूत दृश्य देख्न पाइन्छ ।
त्यसैगरी, त्यहाँ सुरु गुम्बाजस्ता प्रचीन धार्मिक एवम् ऐतिहासिक क्षेत्र पनि रहेका छन् । सो क्षेत्र साहसिक र अध्यात्मिक उद्देश्यले घुम्न जाने पर्यटकका लागि आकर्षक गन्तव्यका रुपमा रहेको जनाइएको छ ।
कश्मीर न्युज अब्जभरसँग कुराकानी गर्दै स्थानीय पर्यटन अधिकारीले जियोग्राफिकले सुरु उपत्यकालाई पर्यटकीय गन्तव्यको सूचीमा राखेसँगै आफ्नो क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् ।
स्थानीय गाइड छिरिङ ल्हामोले पनि यस क्षेत्रमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।