मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नं ८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत २९ वर्षीय पदमबहादुर दियाल छन् ।
डँडेलधुराको गन्याधुरा गाउँपालिका वडा नं १ निवासी उनी लेसनायक पदमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार क्याम्पभित्र सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
सोही क्रममा सँगै काम गरिरेका डँडेलधुराको अमरगढी नगरपालिका वडा नं २ निवासी २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पा रामपुर नगरपालिका वडा नं ६ निवासी २१ वर्षीय सिपाही युवराज कुमाल घाइते भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।