आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गयो : भारत

स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गयो : भारत

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १५ २०८१

  • 852
    SHARES

  • स्पेनसँगको सम्बन्ध अझ मजबुत बन्दै गयो : भारत

    काठमाडौं – स्पेनसँगको सम्बन्ध अझ मजबुत हुँदै गएको भारतले जनाएको छ । स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजको भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्रालयले दुई मुलुकबीचको सम्बन्ध थप मजबुत हुँदै गएको जनाएको हो ।

    भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) तनमय लालले युरोपेली युनियन ईयूमा स्पेन भारतको निकट साझेदार रहेको उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईका अनुसार स्पेन ईयूको पाचौँ र विश्वको १५ औँ ठूलो अर्थतन्त्र हो । हाल स्पेनले ईयूको अध्यक्षता गरिरहेको छ ।

    त्यसबाहेक स्पेन विश्वको १० ठूला रक्षा उपकरण निर्यातकर्ता मुलुकको सूचीमा पनि आउँछ । प्रधानमन्त्री सान्चेजको भारत भ्रमणबाट दुई मुलुकबीच सुमधुर बन्दै गएको सम्बन्धमा नयाँ आयाम थप्ने भारतीय विदेश मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।

    आगामी दिनमा दुई मुलुकबीच सूचना प्रविधि, रयासन, ऊर्जा, औषधिजस्ता क्षेत्रमा सहकार्य थप बढ्दै जाने मन्त्रालयको अपेक्षा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १५ २०८१११:११:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend