काठमाडौँ । विराट कोहली आइपिएलमा फेरी कप्तान बन्ने भएका छन् । कोहली आइपिएल टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को फेरी कप्तान बन्ने भएका हुन् ।
मिडिया रिपोर्टका अनुसार कोहलीले व्यवस्थापनसँग छलफल गरिसकेका छन् र कप्तानीमा फर्कन तयार भएका छन् । कोहलीले ९ सिजन आरसीबीको कप्तानी गरेपछि उनले २०२१ मा कप्तानी छोडेका थिए । यसपछि, २०२२ मा, फाफ डु प्लेसिसले पछिल्लो तीन सिजनको लागि टोलीको जिम्मेवारी लिए । ४० वर्षीय डु प्लेसिसलाई अर्को सिजनको लागि रिटेन गर्ने सम्भावना न्यून भएपछि कोहलीले कप्तानी गर्न अगाडी सरेको बताइएको छ ।
आइपिएलको मेगा अक्सनअघि खेलाडीहरूको रिटेनमेन्टको अन्तिम मिति दिन आज हो । आज साँझ ५ बजेअघि सबै फ्रेन्चाइजीले आफ्ना रिटेन गरिएका खेलाडीको नाम आइपिएल आयोजक समितिलाई पठाउनुपर्ने छ । यो सूचीसँगै कुन खेलाडीले कुन फ्रेन्चाइजसँग खेल्ने भन्ने टुंगो लाग्नेछ। आरसिबीले अहिलेको टिमबाट कोहली र बलर यश दयाललाई मात्र रिटेन गरेर पुरै नयाँ टिम बनाउने तयारी गरेको बताइएको छ । विराट कोहली २०१३ देखि २०२१ सम्म आरसीबीको कप्तान थिए ।
उनको कप्तानीमा, आरसिबी २०१६ मा फाइनलमा पुगेको थियो, सो फाइनलमा आरसिबी सनराइजर्स हैदराबादसँग पराजित भएको थियो । कोहलीले आइपिएलमा १४३ खेलमा कप्तानी गरेका छन्, जसमध्ये उनले ६६ जित र ७० खेलमा हार बेहोरेका छन् ।
पछिल्ला तीन सिजनमा फाफ डु प्लेसिसको कप्तानीमा टोलीले २०२२ र २०२४ मा प्लेअफमा स्थान बनाएको थियो, यद्यपि यसले २०२३ मा प्लेअफ गुमाएको थियो । कोहलीलाई आईपीएल २००८ अघि आरसीबीले अनक्याप्ड प्लेयरको रूपमा अनुबन्ध गरेको थियो। त्यसयता उनी लगातार टोलीको हिस्सा बनेका छन् ।
आरसीबीले १७ वर्षमा कोहलीलाई रिलिज गरेको छैन । उनी आईपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।