आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को प्रदर्शन मिति हेरफेर

हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को प्रदर्शन मिति हेरफेर

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १५ २०८१

  • 1.2K
    SHARES

  • हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को प्रदर्शन मिति हेरफेर

    काठमाडौँ। विन्ध्यवासिनी क्रियसन प्रा.ली.को ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र 'फिरफिरे फिरिरी' को प्रदर्शन मिति प्रदर्शन मिति हाललाई स्थगित गरि हेरफेर गरिएको छ।

    कार्तिक २२ गते (नोभेम्बर ७, २०२४) सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी रहेको चलचित्रलाई प्राविधिक कारणले निर्धारित मितिमा प्रदर्शन गर्न असमर्थ रहेको ब्यहोरा निर्माण टिमले प्रेस विज्ञप्ति मार्फत गराएको छ ।

    चलचित्रको नयाँ प्रदर्शन मिति २०८१ माघ ४ गतेलाई तय गरिएको छ । नविन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ ।

    निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । हरर कमेडी जनराको चलचित्रको निर्माता मनोज कुमार अधिकारी हुन् ।

    उनी १५ वर्षपछि निर्माणमा फर्किएका हुन् । उनले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसूत्र’ फिल्म निर्माण गरेका थिए । नितिश पुन सह-निर्माता रहेको फिल्ममा जितु तामाङको छायांकन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउन्ड म्यूजिक, प्रशान्त सिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन छ ।

    बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १५ २०८११०:५३:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend