आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक

सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १३ २०८१

  • 1.2K
    SHARES

  • सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् ।

    काठमाडौंको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मंगलबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

    राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिपस्थितिमा व्यवसायिक दक्षता प्रदर्शन गरी आफ्नो पहिचान स्थापित गरिरहेको उनको भनाइ छ ।

    सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री एवम् चलायमान बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको उनले बताए ।‘७७ वटै जिल्लामा परिचालन विस्थापित सशस्त्र प्रहरी बललाई थप जनशक्ति व्यवस्थापनका साथै भौतिक पूर्वाधार, सुरक्षा युग सुहाउँदो बन्दबस्ती सामग्रीले सुसंस्कृत गर्दै लैजान गृहमन्त्रालय प्रयासरत छ,’ उनले भने, ‘नीतिगत व्यवस्था र कार्यान्वयनको तहमा गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग गर्न मन्त्रालयबाट कुनै कमी नहुने कुरामा विश्वस्त रहन आग्रह गर्दछु ।’

    मौजुदा स्रोत साधनको प्रयोग गरी नजिता हासिल गर्नेतर्फ विगत र वर्ततमान जस्तै क्रियाशील रहिरहन सशस्त्र प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन छ ।

    ‘सुरक्षा निकायका हरेक सदस्यले संविधान र प्रचलित ऐन–नियमको परिधीभित्र रही मानवअधिकारको संरक्षण र परिपालनामा कर्तव्यनिष्ठ भइ कार्य गरे लोकतान्त्रिक संस्कार र विधिको शासन स्थापित हुँदै जान्छ ,’ उनले भने, ‘विधिको शासन र कानुनी राज्यको मुलमर्मलाई आत्मसात गर्दै कानुन पालना गर्ने गराउने निकायले चनाखो एवम् होसियार रहेर आफ्ना काम कारबाही संचालन गर्नु गराउनुपर्ने अहिलेको अपरिहार्य आवश्यकतालाई मनन् गर्नु होला ।’

    प्रशिक्षण कार्यलाई समयानुकुल थप आधुनिक र वैज्ञानिक बनाउँदै लगिएको भन्दै यसले राज्यलाई दक्ष र व्यवहारिक अधिकृत निर्माणमा खेलेको भूमिकाको गृहमन्त्री लेखकले प्रसंशा गरे । सशस्त्र प्रहरीभित्र एउटा निश्चित, स्पष्ट, वैज्ञानिक किसिमले सबैको हित हुने ढंगले अगाडि बढ्ने व्यवस्था गरिने गृहमन्त्री लेखकले बताए । 

    सशस्त्र प्रहरीको नयाँ ऐनले सशस्त्र प्रहरीको सेवालाई विशिष्ठकृत गर्दै जैलाने भन्दै आगामी संघीय संसद अधिवेशनमा पेस गरिने बताए । ‘सशस्त्र प्रहरी बलेको मौजुदा कानुनलाई परिवर्तन गरेर नयाँ कानुन निर्माणमा   अगाडि बढेको छौं ।

    यसले सशस्त्र प्रहरी बललाई थप सक्षम, सबल र व्यवसायिक बनाउने मैले विश्वास लिएको छु,’ उनले भने, ‘नयाँ कानुनका सम्बन्धमा परामर्शको काम अन्तिम चरणमा छ । आगामी संघीय संसदको अधिवेशनमा पेस गरेर कानुन निर्माण गरेर जाने छौं ।’ सशस्त्र प्रहरीले खेलकुदको क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्माण गरेको उनले बताए ।

    ‘सशस्त्र प्रहरी बल नेपालका खेलाडीहरुले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरेको स्थिति छ । नेपाल सरकारले कानुनी व्यवस्था गरेर खेलाडीहरुलाई विशेष पदमा सिर्जना गरेर नियुक्त गर्न सक्ने गरी नीति बनाउन लागेको छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १३ २०८१०३:४७:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend