आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मुद्दा जिताई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

मुद्दा जिताई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १३ २०८१

  • 1.0K
    SHARES

  • मुद्दा जिताई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
    फाइल तस्बिर

    काठमाडौं । मुद्दा जिताई दिन्छु भनि ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१८ भैंसेपाटी बस्ने ४५ वर्षीय रबिन्द्र महर्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला अदालत काठमाडौंबाट २०८१ कात्तिक ६ गते पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बुद्धनगरबाट पक्राउ गरेको हो । 

    प्रारम्भिक अनुसन्धानको क्रममा महर्जनले काठमाडौं-निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा बिचाराधिन रहेको मुद्दा जिताई दिन्छु भन्दै रकम माग गरेको र रकम नदिएमा मुद्दा हराई दिने धम्की समेत दिई नगद १ करोड २८ लाख रूपैयाँ ठगी गरी फरार रहेको खुल्न आएको छ । 

    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको जनाएको छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १३ २०८१०३:००:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend