आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसद्वारा ललितपुरका बाढीपीडितलाई आर्थिक सहयोग

कांग्रेसद्वारा ललितपुरका बाढीपीडितलाई आर्थिक सहयोग

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १३ २०८१

  • 1.0K
    SHARES

  • कांग्रेसद्वारा ललितपुरका बाढीपीडितलाई आर्थिक सहयोग

    काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले असोजमा परेको अविरल वर्षापछि गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई आर्थिक सहयोग गरेको छ।

    कांग्रेसले असोज १० देखि १३ सम्म परेको वर्षाका कारण गएको बाढीपहिरोमा परी मृत्यु भएका ललितपुरका ४६ जनाका परिवारलाई मंगलबार जनही २५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

    सभापति शेरबहादुर देउवाले बाढीपहिरोबाट मृत्यु भएका देशभरका २५० जनाका आफन्तजन मध्ये पहिलो चरणअन्तर्गत ललितपुरका ४६ जनाका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको कांग्रेसले जनाएको छ ।

    ललितपुरको गोदावरीमा रहेको वेलकम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेर कांग्रेसले उनीहरूलाई आर्थिक सहयोग गरेको हो ।

    केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सहयोग तथा संयोजनमा सिन्धुपाल्चोकका स्थानीय तह बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकाले कांग्रेसलाई नगद सहयोग गरेका थिए ।

    कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले विपद् व्यवस्थापन कोषमा संकलित २ लाख १५ हजार रुपैयाँ बागमती गाउँपालिका– ६ आश्रमको सुकुम्बासी बस्तीका पीडित परिवारलाई दिने निर्णय गरेको छ ।

    उक्त स्थानमा बागमती नदीले कटान गर्दा सुकुम्बासी बस्तीका १० घर बगाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १३ २०८१०१:२३:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend