आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई, के-के भयो कुराकानी ?

रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई, के-के भयो कुराकानी ?

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १३ २०८१

  • 2.0K
    SHARES

  • रास्वपा उपसभापति अर्यालले भेटे गृहमन्त्री लेखकलाई, के-के भयो कुराकानी ?

    काठमाडौं- सभापति रवि लामिछाने डेढ सातादेखि प्रहरी हिरासतमा रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्।

    सोमबार साँझ हाल रास्वपाको नेतृत्व अनौपचारिक रुपमा सम्हालिरहेका अर्यालले गृहमन्त्री लेखकलाई भेटेका हुन् । यो भेटको पुष्टि स्वयम् अर्यालले गरेका छन् । भेटबारे जानकारी दिँदै अर्यालले भने , ‘भेटमा मंगलबारको बालुवाटारकेन्द्रित आन्दोलनबारे छलफल भएको छ । हामीले बालुवाटार र माइतीघरकेन्द्रित आन्दोलन गरिरहेका छौँ । यहीबारे मैले गृहमन्त्रीलाई जानकारी गराएको हुँ।’ भेटमा पार्टी सभापति लामिछानेको विषयमा कुरा गर्नुभएन भन्ने प्रश्नमा उनले भने, ‘त्यतातिर अहिले कुरा नगरौँ, बालुवाटारकेन्द्रित आन्दोलनबारे हामीले कुरा गरेका छौँ। मैले शान्तिपूर्ण आन्दोलनलाई सरकारी हस्तक्षेप नहोस् भनेको छु ।’

    अर्यालले खुलाउन नचाहे पनि राजनीतिक प्रतिशोधका आधारमा रास्वपा सभापति लामिछानेलाई पक्राउ गरिएको गुनासो उनले गृहमन्त्रीसँग राखेका छन् । प्रतिशोध लिएर लामिछानेलाई पक्राउ गरिएको जस्तो गतिविधि नदोहोर्‍याउन अर्यालले गृहमन्त्रीलाई आग्रह गरेको स्रोतले उल्लेख गरेको छ ।

    भेटमा अर्यालले गृहमन्त्री लेखकसँग लामिछानेलाई लामो समय हिरासतमा नराख्न र राजनीतिक प्रतिशोधका आधारमा दुःख नदिन आग्रह गरेका स्रोतले उल्लेख गरेको छ । जवाफमा गृहमन्त्री लेखकले कानुनअनुसार कारबाही हुने भन्दै अदालती प्रक्रियामा गइसकेको कुरालाई राजनीति प्रतिशोध भन्न नमिल्ने बताएका थिए।

    लेखकले शान्तिपूर्ण आन्दोलनका नाममा भिडभाड गरेर अनुसन्धानलाई प्रभावित नपार्न आग्रहसहित बरु सहयोग गर्न अर्याललाई आग्रह गरेको बताइएको छ । तर यस भेटबारे गृहमन्त्री लेखकले केही बोलेका छैनन् । उनको सचिवालयले पनि अर्यालसँगको भेटबारे मौनता साँधेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १३ २०८१०१:०६:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend