काठमाडौँ । जापानका प्रधानमन्त्री इशिबा शिगेरुले निर्वाचनमा आफ्नो दलले बहुतम हासिल गर्न नसके पनि तत्काल पद नछोड्ने भएका छन् ।
आइतबार भएको निर्वाचनमा जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको हो । एलडीपी र उसको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ । बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्ये २३३ सिट जित्नुपर्नेछ ।
त्यस्तै विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीसहित विपक्षी दलहरुले २३५ सिटमा जित हासिल गरेका छन् । यद्यपी संसदमा एलडीपी १८६ सिटसहित सबै भन्दा ठुलो पार्टी भने बनेको छ । निर्वाचनको परिणामपछि प्रतिक्रिया दिदै प्रधानमन्त्री शिगेरुले आफ्नो गठबन्धनले सरकार बनाउन प्रयास गर्ने बताएका छन् ।
उनले भनेका छन्- 'हामीले जनताबाट अत्यन्त खराब नतिजा पाएका छौं । यो हाम्रो पार्टी र गठबन्धनका लागि ठुलो धक्का हो । हामीले जनताको मतलाई सहजरुपमा स्वीकार गर्छौं र आगामी दिनमा पार्टीलाई राम्रो ढंगले अगाडी बढाउछौं ।'
प्रधानमन्त्री इशिबाले संसदमा अन्य दलहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य दलहरुसँग सरकार निर्माणको छलफल शुरु गर्ने बताएका छन् । आफ्नो पार्टीले सबैभन्दा धेरै मत पाएकोले सरकार बनाउन पहल गर्ने जिम्मेवारी समेत आफ्नो भएको उनले बताएका छन् ।
यद्यपी १४८ सिट जितेको विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीले पनि अन्य दलसँग छलफल गर्ने बताएको छ । अक्टोबर १ मा जापानको प्रधानमन्त्रीको पदभार सम्हालेका इसिबाले जनताको समर्थन जुटाउनका लागि निर्वाचनको घोषणा गरेका थिए ।
२००९ पछि पहिलो पटक जापानको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत गुमाएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।