काठमाडौं । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सहकारी पिडित दुवैले प्रदर्शन गरिरहेका छन् ।
रास्वपाले गत शनिबारदेखि गरिरहेको प्रदर्शन अब काठमाडौँ केन्द्रित गर्ने बताउदै आज अन्तिम प्रदर्शन भनेको छ । त्यस्तै सहकारी ठगी प्रकरणमा पक्राउ परेका व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न दिनुपर्ने माग गर्दै सूर्य दर्शन सहकारी पीडितले आज प्रदर्शन गरिरहेका छन् ।
पीडितहरुले सहकारीको अनुसन्धानलाई नै प्रभावित गर्ने गरी भइरहेको प्रदर्शन तत्काल रोक्नुपर्ने बचत रकम फिर्ता गर्नुपर्ने माग राखेको छ । सहकारी पीडितहरुले रास्वपा नेता तथा कार्यकर्ताले पीडितहरुको घर घरमा पुगेर धम्क्याएको आरोप लागाएका छन् ।
सहकारी पिडितले लगाएको आरोपको रास्वपाले भने खण्डन गरेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपाका कार्यकर्ताले सहकारी पिडितलाई धम्की नदिएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।