काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटका क्रममा दुई देशका शीर्ष नेताबीच भएको कुराकानीको विवरण भारतीय विदेश मन्त्रालयले दिएको छ । विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले पूर्वी लद्दाखमा एलएसीमा गस्ती सम्बन्धी सम्झौताको स्वागत गरेका थिए ।
दुई देशबीचको मतभेद र विवादलाई राम्ररी समाधान गर्न र शान्ति र सद्भावमा खलल नपर्न दिनु पर्नेमा पनि जोड दिएको मत्न्रालयले उल्लेख गरेको छ । भेटमा दुवै देशका शीर्ष नेताहरूले छिट्टै दुवै देशका प्रतिनिधिबीच भेटवार्ता गरी भारत–चीन सीमा समस्यामा शान्ति र सद्भावको व्यवस्थापनका सम्बन्धमा दुई देशबीचको निष्पक्ष, उपयुक्त र स्वीकार्य समाधान खोज्ने सहमति भएको छ ।
दुई देशका शीर्ष नेताहरूले दुई छिमेकी र विश्वका दुई ठूला देश भएकाले भारत र चीनबीचको स्थिर, अनुमानित र सौहार्दपूर्ण सम्बन्धले क्षेत्रीय र विश्वव्यापी शान्ति र समृद्धिमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिएको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।