आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भयो- डा. स्वर्णिम वाग्ले

लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भयो- डा. स्वर्णिम वाग्ले

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ८ २०८१

  • 1.1K
    SHARES

  • लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भयो- डा. स्वर्णिम वाग्ले

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ ।

    विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए ।

    डा. वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको पुष्टि भएको बताए । उनले भने-‘सरकारले मानमर्दन गर्ने, अपमान गर्ने शैलीमा सरकार प्रस्तुत भएको छ, यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ । राजनीतिक प्रतिशोधले नै पक्राउ गरेको हिजो साँझसम्मको घटनाक्रमले पुष्टि भएको छ । ’

    साथै वाग्लेले न्यायलयको गरिमा र आँच पुग्ने कुरामा आफुहरुले कुनै काम नगरेको बताउदै आफुहरुको प्रश्न राजनीतिक भएको र कार्यपालिकाप्रति भएको बताए । यसैबीच एलामिछानेलाई पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी प्रहरीले गरेको छ ।

    यसअघि गोर्खा मिडियाका पुर्व संचालक छबिलाल जोशीलाई पनि रुपन्देही लगेर बयान लिएर पोखरा ल्याइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक ८ २०८१११:०५:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend