आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रास्वपाको पोखरामा आज अन्तिम प्रदर्शन

रास्वपाको पोखरामा आज अन्तिम प्रदर्शन

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ८ २०८१

  • 786
    SHARES

  • रास्वपाको पोखरामा आज अन्तिम प्रदर्शन

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा केन्द्रित प्रदर्शनको अन्त्य गर्ने भएको छ ।

    सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा प्रदर्शन गरिरहेको रास्वपाले अब पोखराको प्रदर्शन रोकेर काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने जानकारी दिएको छ ।

    पोखरामा विहिबार बिहान पत्रकार सम्मेलन गरेर पोखरामा आज हुने प्रदर्शन अन्तिम हुने जनाएको छ । पार्टीले पोखरामा आज अन्तिम प्रदर्शन भएको र त्यसपछि काठमाडौँ केन्द्रीत प्रदर्शन सुरु गर्ने पनि बताएको छ।

    सरकारले नयाँ वैकल्पिक दललाई दबाउन खोजेको र सभापतिलाई जानाजान थुनामा राखेको रास्वपाका नेताहरुले आरोप लगाएका छन् ।

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पिडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् ।

    उनले सहकारी पिडितहरु आफुहरुको आन्दोलनमा सहभागी भएको दाबि गर्दै नक्कली पिडितले प्रदर्शन गरिरहेको समेत दाबि गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक ८ २०८१११:०३:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend