काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिटलाई काठमाडौँ गुर्खाजबाट खेल्ने भएका छन्।
२१ बर्षिय ब्याट्सम्यानलाई काठमाडौँले भित्र्याएको जानकारी दिएको हो । एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।
यस अघि लुम्बिनीले इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेजलाई भित्र्याएको थियो भने पोखराले वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।
त्यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको थियो । एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।