काठमाडौं – भारतको प्रत्यक्ष कर संकलनमा वृृद्धि भएको पाइएको छ । भारतको केन्द्रीय प्रत्यक्ष कर संकलन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष सन् २०२४–२५ को अक्टोबर १० सम्म प्रत्यक्ष करमार्फत् खुद ११ लाख २६ हजार करोड भारु संकलन गरिएको छ ।
यो परिमाण अघिल्लो वर्षको तुलनामा १८.३५ प्रतिशत धेरै हो । तथ्यांकअनुसार यस अवधिमा कुल १४ लाख ५७ हजार करोड भारु संकलन गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा २२।३० प्रतिशत धेरै हो । यस अवधिमा भारत सरकारले २ लाख ३१ हजार करोड भारु फिर्ता गरेको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार यो परिमाण अघिल्लो वर्षकोे तुलनामा ४६ प्रतिशतले धेरै हो । यस पटक प्रत्याभूति कारोबार करमार्फत सबैभन्दा धेरै प्रत्यक्ष कर संकलन गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस शीर्षकबाट १६ हजार ३ सय ७३ करोड भारु कर संकलन गरिएको थियो । यस आर्थिक वर्षमा भने उक्त शीर्षकबाट ३० हजार ६ सय ३० करोड भारु कर संकलन गरिएको एएनआईले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।