आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रुस गए मोदी, पुटिनसँग आजै भेट, सीसँग सम्भावना

रुस गए मोदी, पुटिनसँग आजै भेट, सीसँग सम्भावना

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ६ २०८१

  • 573
    SHARES

  • रुस गए मोदी, पुटिनसँग आजै भेट, सीसँग सम्भावना

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस गएका छन् । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन मोदी रुस गएका हुन् ।

    उनी आज बिहान ७ बजे (स्थानीय समय अनुसार) रुस गएका हुन् । दुई दिने उनको रुस भ्रमणका क्रममा विभिन्न साइडलाइन वार्ता पनि हुनेछन् । मोदी पछिल्लो चार महिनामा दोस्रो पटक रुस गएका हुन् ।

    उनी गत जुलाईमा भारत–रुस शिखर सम्मेलनमा भाग लिन पुगेका थिए । मोदीले साँझ ब्रिक्समा सहभागी विश्वका नेताहरुसँग रात्रिभोज गर्नेछन् । साथै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्नेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार बुधबार मोदीले ब्रिक्सको बैठकमा भाग लिनेछन् ।

    यो दुई सेसनमा हुनेछ । बिहान बन्द सत्र हुनेछ भने साँझ खुला सत्र हुनेछ । ब्रिक्स सम्मेलनका क्रममा मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि वार्ता हुने सम्भावना रहेको बताइएको छ । दुई वर्षपछि दुवैबीच वार्ता हुने सम्भावना रहेको विदेश मन्त्रालयले जनाएको छ ।

    पछिल्लो पटक सन् २०२२ मा इन्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलनका क्रममा दुवैले छलफल गरेका थिए । गत वर्ष दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्स सम्मेलनमा दुवै नेता सामेल भए पनि वार्ता भने हुन सकेको थिएन ।

    यसपालि भारत र चीनबीच सीमामा सहमति भएसँगै मोदी–सीबीच वार्ता हुने प्रवल सम्भावना भएको जनाइएको हो । मोदी बुधबार फर्कने छन् भने बिहीबारको ब्रिक्स प्लसमा विदेश मन्त्री डा एस जयशंकरले नेतृत्व गर्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक ६ २०८१११:२२:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend