आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शेख हसिनाले राजीनामा नदिएको खुलासा !

शेख हसिनाले राजीनामा नदिएको खुलासा !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ६ २०८१

  • 792
    SHARES

  • शेख हसिनाले राजीनामा नदिएको खुलासा !

    काठमाडौँ । बंगलादेशकी पुर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई देश छोडेको खुलासा भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले आफूसँग पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामाको कुनै दस्तावेजी प्रमाण नभएको बताएपछि यस्तो खुलासा भएको हो ।

    हसिनाले विद्यार्थीको नेतृत्वमा व्यापक प्रदर्शनका बीच गत अगस्तमा देश छोडेकी थिइन् । यसैबीच राष्ट्रपति शाह्बुद्दीनले हसिनाले राजीनामा दिएको सुनेको र धेरै प्रयास गर्दा पनि उनले राजीनामा दिएको कुनै कागजपत्र फेला पार्न नसकेको बताएका छन् । 

    राष्ट्रपतिले दिएको एक अन्तर्वार्तामा यस्तो बताएपछि बंगलादेशको राजनीति तरंगित बनेको छ । राष्ट्रपतिले दिएको अन्तर्वार्ताका अनुसार गत अगस्त ५ मा हसिना भेट्न आउने फोन आएको थियो तर एक घन्टाभित्रै उनी आउन नसक्ने भन्दै अर्को फोन आयो ।

    यसपछि उनले सैन्य महासचिव आदिलसँग सम्पर्क गरे तर उनलाई यस बारेमा कुनै जानकारी थिएन । राष्ट्रपतिले भनेका छन्, 'जताततै अशान्तिको खबर आएको थियो, मैले मेरो सैन्य महासचिव आदिल (मेजर जनरल मोहम्मद आदिल चौधरी) लाई यसबारे हेर्न भनें । उनीसँग पनि कुनै जानकारी थिएन । हामीले पर्ख्यौं र टिभी स्क्रोल गरिरह्यौं । कुनै खबर थिएन । पछि उनले मलाई जानकारी नदिई देश छाडेको सुने ।'

    राष्ट्रपति शाहबुद्दीनले सेना प्रमुख जनरल वकार बंगभवनमा आएपछि प्रधानमन्त्रीले राजीनामा दिएको हो कि भनेर जान्न खोजेको बताए । उनले भने- 'एक दिन क्याबिनेट सचिव राजीनामा पत्रको प्रतिलिपि लिन आए । मैले पनि खोजिरहेको छु भनेँ । उनले अहिले यस विषयमा बहस गर्नुको कुनै अर्थ नरहेको बताए । हसिना गइन् र यो सत्य हो ।'

    राष्ट्रपतिले हसिना बाहिरिएपछि आफूले सर्वोच्च अदालतको राय लिएको र अदालतले अन्तरिम सरकार गठन गर्न सकिने बताएको बताए । यसैबीच कानुनी सल्लाहकार डा आसिफ नजरुलले राष्ट्रपतिको भनाइ आफैंमा विरोधाभासपूर्ण रहेको भन्दै हसिनाले राजीनामा दिएको बताएका छन् ।

    हसिनाका कट्टर प्रतिद्वन्द्वी र पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले राष्ट्रपतिले राष्ट्रका नाममा गरेको सम्बोधनमा बंगलादेशको प्रधानमन्त्रीबाट हसिनाको राजीनामाको बारेमा झूट बोलेको बताएको छ ।

    बिएनपीका उपाध्यक्ष जैनुल आबेदिनले भने, ‘म भन्न चाहन्छु कि राष्ट्रपतिले सरकार गठन भएको दुई महिनापछि निश्चित एजेण्डा लिएर यस्तो अभिव्यक्ति दिएका हुन् । राष्ट्रपतिले झुट बोलेका छन् ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक ६ २०८१११:१७:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend