आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ

  • मिडिया डबली
  • सोमवार, कार्तिक ५ २०८१

  • 525
    SHARES

  • अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ
    फाइल तस्वीर

    काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । जसमा भक्तपुर, मध्यपुरठिमी नगरपालिका-४ राधेराधेस्थित द टाउन किचेन रेष्टुरेन्ट एण्ड क्याफे नजिकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम ९ सय ८० ग्राम सहित काठमाडौं कलंकी बस्ने मकवानपुर कैलाश गाउँपालिका-६ घर भएका २४ वर्षीय सुरेन्द्र तामाङ समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  उदयपुर, बेलका नगरपालिका-९ पुष्पाञ्जली टोलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४७ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहा गाउँपालिका-३ बस्ने २४ वर्षीय राजारोहित यादव र २१ वर्षीय अनिस शर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले को.१६ प ४५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    सर्लाही, बागमती नगरपालिका-१२ भरत ताल जाने सडकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित बरहथवा नगरपालिका-९ बस्ने ४२ वर्षीय राम अयोध्या मुखियालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ना.३० प २१७ नम्बरको मोटरसाइकल चालक रामलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  

    कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६०  मिलिग्राम सहित गोदावरी नगरपालिका-१० दमौरा  बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

    यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ सदभावना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका बस्ने २७ वर्षीय बसन्त चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-७ शान्तिपथ र सोही उपमहानगरपालिका-१५ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५५ क्याप्सुल, स्पास्पेन १ हजार २ सय ५५ चक्की  डिकोलिक ७० चक्की र नगद २ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय गौरव चौहान समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

    मोरङ, रतुवामाई नगरपालिका-२ डोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरीले मे. ५ प १२३६ नम्बरको मोटरसाइकल चालक झापा कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय संजय लिम्बुलाई २ ग्राम ५ सय मिलिग्राम, मे.८ प ७१७१ नम्बरको मोटरसाइकलमा सवार दमक नगरपालिका-३ बस्ने २३ वर्षीय राजिब भुजेललाई ७ सय २० मिलिग्राम र सोही मोटरसाइकलमा सवार २३ वर्षीय अर्जुन लिम्बुलाई ५ सय मिलिग्राम, मे. २ प ४६८२ नम्बरको मोटरसाइकलमा सवार मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने ३१ वर्षीय डेबिड खड्का र ३५ वर्षीय हेम बहादुर लिम्बुलाई १ ग्राम २ सय ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक ५ २०८१०२:०६:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend