आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पोखरामा रास्वपाको प्रदर्शन आजपनि जारी

पोखरामा रास्वपाको प्रदर्शन आजपनि जारी

  • मिडिया डबली
  • सोमवार, कार्तिक ५ २०८१

  • 609
    SHARES

  • पोखरामा रास्वपाको प्रदर्शन आजपनि जारी

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् ।

    देशका विभिन्न भागबाट पोखरा पुगेका रास्वपाका नेता तथा कार्यकर्ताले सोमबार पनि प्रदर्शन जारी राखेका छन् । रास्वपाका कार्यकर्ताहरु पृथ्वी चोकमा केहीबेर नाराबाजी गरेपछि अब चिप्लेढुंगा, महेन्द्रपुल हुदै मानवअधिकार चोकतर्फ जादै छन् । 

    आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रहेको छ भने प्रदर्शनका कारण पोखराको यातयात भने प्रभावित भएको छ । यस अघि आइतबार रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा र अश्रुग्याँस हानेको थियो । 

    प्रहरीले गत शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई भने आइतब जिल्ला अदालत कास्कीमा पेश गर्दै ६ दिनका लागि हिरासतमा राख्ने अनुमति पाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक ५ २०८१०१:४८:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend