पोखरा । गण्डकी प्रदेशको रिक्त वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।
गत भदौ १७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएकोमा उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएपछि मन्त्रालय खाली रहेको थियो ।
नवनियुक्त मन्त्री पौडेलको आजै शपथ हुने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।