आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने

बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने

  • मिडिया डबली
  • सोमवार, आश्विन २८ २०८१

  • 1.1K
    SHARES

  • बीपी राजमार्गमा रुटका सबै सवारी साधन सञ्चालन हुने

    काठमाडौं– अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारी साधन सञ्चालन हुने भएका छन् ।

    सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरि राजमार्गको भकुण्डेवेशी वर्षेखोला खण्डको करिव ८ किलोमिटर सडक बगाएकाले हाल ट्रयाक खोली साना सवारी साधनमात्रै सञ्चालन भएकोमा मंगलबारदेखि रुट अनुमति लिएका सबै प्रकारका सवारी साधन सञ्चालन गर्न योग्य हुने जनाएको हो ।

    साथै सडक डिभिजनले उक्त सडक खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकाले रातीको समयमा यात्रा नगर्न अनुरोध समेत गरेको छ ।

    भकुण्डेवेशी बर्षेखोला खण्डको सडक बगाएपछि सडक डिभिजनले चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन निर्माण गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन २८ २०८१०२:२३:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend