काठमाडौं । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन (वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्स)ले नेपाल भ्रमण गरेका छन् ।
मेजर जनरल देवगनले असोज १४ देखि १९ गतेसम्म नेपालको भ्रमण गरेका हुन् । छ दिने औपचारिक भ्रमणका लागि देवगन असोज १४ गते काठमाडौं आइपुगेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
देवगनलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएका थिए । देवगनले पोखराको पनि भ्रमण गरेका छन् । त्यहाँ भूतपूर्व सैनिक ¥यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई उनले सम्मान गरेका छन् ।
नेपाल भ्रमणका क्रममा देवगनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरेको भारतीय राजदूतावासद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
उनले वीर भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडि बढाउने कुरामा जोड दिएका छन् । नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गर्न भ्रमणका क्रममा जनरल देवगनले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । उनले आफ्नो नेपाल भ्रमण सफल र फलदायी भएको जनाएका छन् ।
मेजर जनरल देवगनले नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरूको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरूको प्रशंसा गरेका छन् ।





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।