काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास, लैनचौरले १५५औँ गान्धी जयन्ती भब्य रुपमा सम्पन्न भएको छ।
बुधबार काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धीको शालिकमा पुष्पमाला अर्पण गरेका हुन।
सो अवसरमा सुर सुधा ब्यान्डकी सरस्वती खत्रीले गान्धीप्रति समर्पित गीत तथा सांगीतिक रचनाहरू प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा नेपाल चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
राजदूत श्रीवास्तवले दूतावासका सरसफाइ कर्मचारीहरूलाई सम्मान पनि गरेका थिए । स्व.गान्धी भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख एवं अहिंसावादी नेता थिए । उनकै नेतृत्वको आन्दोलनको बलमा सन् १९४७ मा भारत अंग्रेजबाट स्वतन्त्र भएको थियो ।
गान्धीको जन्म सन् १८६९ को अक्टोबर २ मा भएको थियो । उनको मृत्यु भने १९४८ मा भएको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।