काठमाडौं – भारत र संयुक्त अरब इमिरेट्स (यूएई) बीचकोव्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने देखिएको छ ।
भारत र यूएईबीच सन् २०३० सम्म १ खर्ब अमेरिकी डलरबराबरको व्यापार गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्राइमस पार्टसर्नले जारी गरेको पछिल्लो तथ्यांकअनुसारआर्थिक वर्ष सन् २०२२–२३ मा दुई मुलुकबीच ८५ अर्ब डलरबराबरको व्यापार भएको छ ।
यूएई भारतको तेस्रो ठूलोव्यापारिक साझेदार हो भने दोस्रो ठूलो निर्यात गन्तव्य हो । भारतले यूएईतर्फ मुख्यगरी बहुमूल्य धातु, रत्न, गहनाजस्तावस्तु निर्यात गर्दै आएको छ ।
त्यसैगरी, भारतले अन्न, चिनी, फलफूल, तरकारीजस्ता वस्तु पनि यूएईतर्फ निर्यात गर्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।